global ime bank Long Banner Ad

गृहपृष्ठ स्वास्थ्य, पर्यावरण र पर्यटनमा जोड दिँदै‘हिमालयन राइडर्स सोसाइटी’

स्वास्थ्य, पर्यावरण र पर्यटनमा जोड दिँदै‘हिमालयन राइडर्स सोसाइटी’

बागमती । ‘साइक्लिङ’का माध्यमबाट हेटौँडामा विगत पाँच वर्षयता औपचारिक रूपमा सङ्गठित बन्दै क्रियाशील हिमालयन राइडर्स सोसाइटीले स्वास्थ्य, पर्यावरण र पर्यटनलाई जोड दिँदै आफ्ना गतिविधिलाई सक्रिय बनाउँदै आएको छ ।

विसं २०७८ मा संस्थागत रुप लिदै क्रियाशील बनेको संस्थाले यसबीचमा देशका विभिन्न पर्यटकीय गन्तव्यको पर्यटन प्रवर्द्धनका साथै सचेतनामूलक गतिवधि अघि बढाएको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए ।

“हामी साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यावरण र पर्यटनलाई विशेष योजनासहित प्रवर्द्धन गर्दै आएका छौँ”, उनले भने, “यिनै विषयलाई प्राथमिकतामा राख्दै हाम्रो अभियान निरन्तर अघि बढिरहेको छ ।”

संस्थाले यसबीचमा मेची–महाकाली अभियानसमेत सम्पन्न गरिसकेको बताउँदै सोसाइटीका अध्यक्ष थापामगरले यस अवधिमा देशका धेरै सम्भावनायुक्त पर्यटकीय गन्तव्यमा पुगी त्यहाँको पर्यटन प्रवर्द्धनमा योगदान दिइएको उल्लेख गरे ।

स्वास्थ्य, पर्यटनसँगै पर्यावरणको रक्षा पनि उत्तिकै प्राथमिकतामा रहेको बताउँदै उहाँले यसै हप्ता हेटौँडा उपमहानगरपालिका–४ स्थित श्रमिक पार्कमा सोसाइटीका तर्फबाट बरको बिरुवा रोपिएको जानकारी दिए ।

संस्थाले हरेक हप्ता विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । उजका अनुसार सोसाइटीमा ४० वर्षदेखि ७३ वर्ष उमेर समूहका १५० जना सदस्यहरू आबद्ध रहेको छ । तीमध्ये ५० जना आजीवन सदस्य रहनुभएको अध्यक्ष थापामगरले जानकारी दिए ।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु