थपिए ४१ कोरोना संक्रमित, ५९ जना काेराेनामुक्त
वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२
shares

पछिल्लो २४ घण्टामा देशभर कोभिड-१९ का ४१ संक्रमित थपिएका छन् । एक हजार २५० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ५९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९६ छ ।

























