गृहपृष्ठ प्याराग्लाइडिङ दुर्घटनामा खेलाडीको मृत्यु
प्याराग्लाइडिङ दुर्घटनामा खेलाडीको मृत्यु
फाइल तस्बिर ।
नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ दुर्घटनामा एक खेलाडीको मृत्यु भएको छ ।
प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।
प्याराग्लाइडिङबाट खसेपछि थापालाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रकाशित समय : १४:३४ बजे


















