गृहपृष्ठ सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा

सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा

सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले एक दिन सार्वजनिक विदा दिने तयारी गरिरहेकाे छ ।

शताब्दी पुरुष जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले यस्ताे बताए । उनले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन विदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए ।

प्रकाशित समय : १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु