गृहपृष्ठ दराजले सुरु गर्यो ‘दराज क्लब’, यी हुन् ग्राहकले पाउने विशेष फाइदा
दराजले सुरु गर्यो ‘दराज क्लब’, यी हुन् ग्राहकले पाउने विशेष फाइदा
अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरशिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ । यो नयाँ सुविधामार्फत ग्राहकले दराज एपमार्फत विशेष लाभ प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले दराज एपमा प्रत्येक खरीदापछि जेम्स कमाउन सक्ने पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पशन, थप पुरस्कार र विशेष भाउचर लगायतका अन्य फाइदाहरू प्राप्त गर्नेछन् ।
यी सुविधाहरूमार्फत ग्राहकहरूले आफ्ना अर्डरहरूमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्न सक्ने कम्पनीको भनाइ छ । दराज क्लब आइओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्न ग्राहकले आफ्नो दराज एप अपडेट गर्नु पर्ने कम्पनीले जनाएकाे छ ।
क्लबमा सामेल हुन ग्राहकले आगामी डिसेम्बर ३१ सम्म कम्तीमा २५०० जेम्स संकलन गर्नुपर्नेछ । जुन दराजमा किनमेल गरेर कमाउन सकिन्छ । डिसेम्बर ३१ पछि क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरूको न्यूनतम संख्या ३५०० मा बढाइनेछ र दराज क्लबका सदस्यहरूले मात्र चेक आउटको समयमा छुटका लागि रत्नहरू प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १४:५९ बजे
















