गृहपृष्ठ ९ अंकले घट्याे नेप्से, ८० कराेडकाे काराेबार
९ अंकले घट्याे नेप्से, ८० कराेडकाे काराेबार
सेयर बजार आज फेरि सामान्य अंकले घट्न पुगेको छ । नेप्से परिसूचक आज ९.६९ अंकले घटेर १८६०.९४ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता सेयर किनबेच हुँदा ८० करोड ३५ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ । आज सेन्सेटिभ समूहको सूचक १.७२ अंकले घट्दै ३६५.४२ अंकमा आइपुगेको छ ।
सिटिजन्स बैंक इन्टरनेशन, आशा लघुवित्त , मैलुङ खोला, पञ्चकन्या माई, माहुली लघुवित्त, मेगा म्युचुल फण्ड १, सामुदायिक लघुवित्त, गोखार्ज फाइनान्स र गुराँस लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ समूहको ०.२५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ०.२८ प्रतिशतले बढेको छ भने बाँकी सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक लगानी समूह १.६८ प्रतिशतले घटेको छ ।

प्रकाशित समय : १५:३२ बजे

















