काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

समानुपातिकतर्फको मतपत्र छपाइ सकियो

8.97K
shares

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका सबै चार करोड ६ लाख पाँच हजारप्रति मतपत्रको छपाइ सकिएको छ ।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि दुई करोड चार लाख २१ हजार र सातै प्रदेशका लागि दुई करोड एक लाख ८४ हजार मतपत्रको छपाइ सकिएको निर्वाचन आयोगले शनिबार जनाएको छ । आयोगका अनुसार प्रत्यक्षतर्फका भने १७ लाख मतपत्रको छपाइ छ ।

समानुपातिकतर्फको मतपत्र ढुवानी पनि भइरहेको छ । आयोगकाे अनुसार हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा उक्त मतपत्र ढुवानी भएको छ ।