काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

किसानको दैनिकी खेतमै (फोटोफिचर)

16.04K
shares

मंसिर लाग्नै लाग्दा किसान पनि धान भित्र्याउने चटारोमा छन् । दसैं मनाइवरी अहिले किसानको दैनिकी खेतमै बित्ने गरेको छ । दसैँको रमझम सकिएलगत्तै भक्तपुरको चाँगुनारायणका किसान पनि धान भित्र्याउनमै व्यस्त छन् । प्रमुख बाली धान पाकेसँगै नेपाली किसान धान काट्न, चुट्न तथा थन्क्याउन व्यस्त भएका हुन् ।

मनसुन लम्बिएर भएको लगातारको वर्षाले धान भिजाएपछि काट्न भने केही समस्या भएको छ । अर्थात् यसपालि मनसुन ढिलासम्म रहेकाले पनि किसानले समयमै धान भित्र्याउन पाएनन् । मौसमले साथ नदिए पनि किसानले ओभानो ठाउँको धान उठाउन थालेका छन् । मानोबाट मुरी भित्र्याउने बेला झरी पर्दा खेतमा धान लत्रिएको हुँदा किसानलाई केही अफ्ठ्यारो भने पक्कै भएको छ । यद्यपि यस वर्ष समयमै वर्षा भएका कारण धानको उत्पादन बढ्ने अनुमान छ ।