global ime bank Long Banner Ad

गृहपृष्ठ शाओमी नेपालद्वारा सांगीतिक र खेलकुद सामग्री सहयोग

शाओमी नेपालद्वारा सांगीतिक र खेलकुद सामग्री सहयोग

शाओमी नेपालद्वारा सांगीतिक र खेलकुद सामग्री सहयोग

शाओमीले डिसएबल्ड स्ट्युडेन्ट एसोसिएसनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरु उपलब्ध गराएको छ । शाओमी नेपालले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै आएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले व्यापारको साथै समुदायप्रतिको दायित्वबारे कम्पनी सचेत रहेको बताए । ‘चाडपर्वहरू नजिकिँदै गर्दा दुःखमा परेकाहरुलाई सहयोग गर्ने योभन्दा राम्रो अवसर अरु के होला ? विद्यार्थीहरूसँग समय बिताउन पाउनु हाम्रो लागि एउटा फरक अनुभव थियो,’ उनले भने, ‘अप्ठ्यारोमा परेकाहरूलाई हामी निरन्तर सहयोग गर्नेछौं र यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मक नतिजा ल्याउनेछ भन्ने मलाई विश्वास छ ।’

शाओमी नेपालले आफ्नो समुदायमा सेवा प्रदान गर्नका लागि विभिन्न गतिविधिहरू गर्दै आएको छ । विद्यार्थीहरूसंग समय बिताई शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएसनका विद्यार्थीहरूलाई खेलकुदका सामग्री तथा संगीतका साधनहरू उपलब्ध गराउन मद्दत गरेको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर पंडाले डीएसए स्कूलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए । शाओमी नेपालले टेकवान्डो जस्ता खेलकुदमा संलग्न बालबालिकाहरूलाई उनीहरूको प्रतिभा र आत्मरक्षा सीपहरू निखार्न खेल सामग्रीहरू र संगीतमा इच्छुकहरुका लागि हर्मोनियम, धिमे, सारंगी र तबलाजस्ता सांगीतिक यन्त्रहरू उपलब्ध गराएको छ ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु