global ime bank Long Banner Ad

गृहपृष्ठ सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त भेला गर्ने

सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त भेला गर्ने

सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त भेला गर्ने

सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको गठबन्धनले जारी गरेकाे संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ ।

यस्तै ४ गते नै बुटवलमा, ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेतमा हुने भेलाको नेपाली कांग्रेसले समन्वय गर्ने छ ।

६ गते धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले पाएको छ ।

प्रकाशित समय : १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु