गृहपृष्ठ एल साल्भाडोर प्रहरीद्वारा ५५ हजार संदिग्ध गिरोह पक्राउ
एल साल्भाडोर प्रहरीद्वारा ५५ हजार संदिग्ध गिरोह पक्राउ
राष्ट्रपति नायब बुकेले सात महिनाअघि आपराधिक समूहहरू विरुद्ध ‘युद्ध’ घोषणा गरेदेखि हालसम्म एल साल्भाडोरमा प्रहरीले ५५ हजारभन्दा बढी कथित गिरोहका सदस्यलाई पक्राउ गरेको छ ।
सरकारले वारेन्ट बिना नै त्यस्ता संदिग्धहरूलाई पक्राउ गर्न आपतकालीन अधिकार दिएको गत मार्चदेखि अहिलेसम्म गिरोहका ५५ हजारभन्दा बढी पक्राउ गरिएको मन्त्री गुस्ताभो भिल्लाटोरोले बताएका छन् । कुल ६५ लाख जनसंख्या रहेको देशमा विद्रोही गिरोहका सदस्यहरू पक्राउ पर्ने क्रम बढ्दो छ ।
‘हामीले (संगठित अपराधविरुद्ध) युद्ध जित्दैछौं र यी आतंककारीहरूलाई पक्राउ गर्न हरेक दिन हजारौं प्रहरी र सिपाहीहरू तैनाथ गरिरहनेछौं,’ भिल्लाटोरोले उल्लेख गरेका छन् । प्रहरी र सैन्य बलहरूले १ हजार ६४४ थान बन्दुक, २ हजार २६ सवारी साधन, १२ हजार ८४२ सेल फोन र १२ लाख मिलियन डलर बरामद गरेको बताइएको छ ।
कैदीहरूको बढ्दो संख्यालाई लक्षित गर्दै साल्भाडोरका न्यायिक अधिकारीहरूले देशको मध्यभागमा रहेको ग्रामीण क्षेत्र टेकोलुकामा ४० हजार अट्न सक्ने क्षमताको जेल निर्माण गरिरहेका छन् । उक्त डिटेन्सन सेन्टर यस वर्षको अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : १३:०३ बजे



















