global ime bank Long Banner Ad

गृहपृष्ठ टीभीएसकाे एक्सचेन्ज मेला : यी हुन् नगद छुट र अफर

टीभीएसकाे एक्सचेन्ज मेला : यी हुन् नगद छुट र अफर

टीभीएसकाे एक्सचेन्ज मेला : यी हुन् नगद छुट र अफर

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ आयोजना गर्दै छ ।

यही असोज ३१ बाट कात्तिक ५ गतेसम्म भृकुटीमण्डपमा चल्ने यस भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने कम्पनील जनाएकाे छ । मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको मोटरसाइकल र स्कुटर लिन पाउनेछन् ।

बजार मूल्यांकनभन्दा ७ हजार रुपैयाँ बढी, साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश रहेको कम्पनीले जनाएको छ  यसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यसबाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्यागजस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय : १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु