गृहपृष्ठ सुनकोशी–मरिन डाईभर्सन स्थलमा उर्जामन्त्री, स्वीच अन गरी सुरुङ खन्ने कार्य सुरु (तस्वीरहरु)
सुनकोशी–मरिन डाईभर्सन स्थलमा उर्जामन्त्री, स्वीच अन गरी सुरुङ खन्ने कार्य सुरु (तस्वीरहरु)
सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुने भएपछि त्यसको निरिक्षणमा उर्जा मन्त्री पम्फा भुसाल सिन्धुली पुगेकी छिन ।
मन्त्री भुसालले स्वीच अन गरी सुनकोशी–मरिन डाइभर्सनको सुरुङ खन्ने कार्यको उद्घाटनसमेत गरेकी छिन ।
सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ आजवाट खन्न लागिएको हो । भेरी–बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिवाट खनिएको हो । मरिन खोलाबाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजबाट टनेलका लागि तालिका बनाएको छ ।
मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन । सुनकोशी नदिको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ ।
सो आयोजनाको उद्घाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।


प्रकाशित समय : ११:२१ बजे


















