global ime bank Long Banner Ad

गृहपृष्ठ आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने माओवादीको निर्णय

आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने माओवादीको निर्णय

आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने माओवादीको निर्णय

माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनाैपचारिक रुपमा यस्तो निर्णय गरेको स्राेतकाे भनाइ छ ।

केन्द्रीय गठबन्धनकाे निर्णयअनुसार रौतहट–३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो । यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ ।

साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । चार सदस्य  जिल्ला स्तरीय चुनाव परिचालन समिति गठन गरिएको छ ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु