आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने माओवादीको निर्णय
वि.सं.२०७९ असोज २७ बिहीवार १५:१५
shares

माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनाैपचारिक रुपमा यस्तो निर्णय गरेको स्राेतकाे भनाइ छ ।
केन्द्रीय गठबन्धनकाे निर्णयअनुसार रौतहट–३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो । यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ ।
साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । चार सदस्य जिल्ला स्तरीय चुनाव परिचालन समिति गठन गरिएको छ ।

























