global ime bank Long Banner Ad

गृहपृष्ठ माछापुच्छ्रे बैंकद्वारा भिसा डाइरेक्ट सेवा सुरु

माछापुच्छ्रे बैंकद्वारा भिसा डाइरेक्ट सेवा सुरु

माछापुच्छ्रे बैंकद्वारा भिसा डाइरेक्ट सेवा सुरु

माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ ।

यस सेवामार्फत विदेशबाट यस बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिनेछ । यस सेवामार्फत भिसा डायरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशबाट नेट-बैंकिङ, मोबाइल वा एटीएममार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिने बैंकले जनाएकाे छ ।

उक्त सेवामार्फत स्वदेश र विदेशबाट सरल, सहज र सुरक्षित तरिकाले १६ अंकको भिसा कार्डमार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिनेछन् । माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चानमा ल्याएको छ ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु