काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

युक्रेनले थप भू-भाग फिर्ता गरेको दाबी

10K
shares

युक्रेनले दक्षिणमा क्षेत्र थप भू-भागहरु फिर्ता गरेको छ । धेरै दिनको तीव्र रुसी क्षेप्यास्त्र हमलापछि किभमा ‘जतिसक्दो चाँडो’ वायु रक्षा प्रणाली पुर्‍याउने पश्चिमी देशहरुको वाचालाई युक्रेनले स्वागत गरेको बुधबार जनाएको छ ।

अमेरिकाको नेतृत्वमा करिब ५० देशको समूहले ब्रसेल्समा रहेको नेटो मुख्यालयमा वार्ता गरेको र किभलाई नयाँ क्षेप्यास्त्र विरोधी प्रणाली उपलब्ध गराउने वाचा गरेको हो । युक्रेन रुसी आक्रमणबाट त्रसित छ । यसमा परी दर्जनौं मारिएका र घाइते भएका छन् साथै गाउँ र सहरहरू विद्युत र तातो पानीविहीन छन् ।

‘प्रणालीहरू उपलब्ध गराइनेछ, जति छिटो हामी तिनीहरूलाई भौतिक रूपमा त्यहाँ पुर्‍याउन सक्छौं,’ अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले बैठकपछि जानकारी दिएका छन् । पश्चिमी ऐक्यवद्धताको थप प्रदर्शनमा, जी७ ले आवश्यता भएसम्म युक्रेनको साथमा उभिने वाचा गरेको छ । बलियो युक्रेनको दिशातर्फ अघि बढ्नको लागि आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टालिना जर्जिएभाले वाचा गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसी क्षेप्यास्त्र आक्रमणलाई आतंकवादको कार्यको रूपमा वर्णन गरेका छन् ।