global ime bank Long Banner Ad

गृहपृष्ठ तत्काल एमाले नछाड्ने भीम रावलको घाेषणा (पूर्णपाठ)

तत्काल एमाले नछाड्ने भीम रावलको घाेषणा (पूर्णपाठ)

तत्काल एमाले नछाड्ने भीम रावलको घाेषणा (पूर्णपाठ)

नेकपा एमालेबाट प्रतिनिधिसा चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर उनले यस्ताे घाेषणा गरेका हुन् । उनले भने, ‘पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्छु, असंवैधानिक कदमविरुद्ध लगातार आवाज उठाउँछु ।’

उनले पार्टीभित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए । पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए ।

उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

रावलकाे धारणापत्र :

प्रकाशित समय : १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु