global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्सेमा सामान्य सुधार, अधिकांश उपसूचक हरियाली

नेप्सेमा सामान्य सुधार, अधिकांश उपसूचक हरियाली

नेप्सेमा सामान्य सुधार, अधिकांश उपसूचक हरियाली

सेयर बजार झिनो अंकले बढेको छ । अघिल्लो दिन ११.३६ अंकले बढेको नेप्से परिसूचक आज ४.१५ अंकले बढेर १८७०.६३ विन्दुमा कायम हुन पुगेको हाे ।

आज नेप्सेमा सूचीकृत २२२ कम्पनीका सेयर खरिदविक्री हुँदा ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँमाथिको कारोबार भएको छ । बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँमाथिको कारोबार भएको थियाे ।

नेप्से बढेसँगै अभियान लघुवित्तको सेयरमा सर्किट लागेको छ । त्यस्तै, रुरु जलविद्युत परियोना, सामुदायिक लघुवित्त, शिवम् सिमेन्ट्स र सबैको लघुवित्तको सेयर मूल्य बढेको छ । सिटिजन म्युचअल फण्डको सेयर मूल्य भने ४.४५ प्रतिशतले घटेको छ । त्यस्तै, एभरेष्ट बैैंकको डिभेञ्चर, नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चर, ग्लोबल आइएमई समुन्नत स्किम र गणपति लघुवित्तको सेयर मूल्य घटेको छ ।

१३ उपसूचकमध्ये आज हाइड्रोपावर बाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहको १.५३ प्रतिशतले बढेको छ ।

प्रकाशित समय : १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु