global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब बजारमा पठाउने

राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब बजारमा पठाउने

राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब बजारमा पठाउने

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो कात्तिक ३ गते परिपक्व हुने यो रिपो बिहीबार दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन् ।

प्रकाशित समय : १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु