काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लण्डन पबमा श्रीमतीसँग बालेनको रोमान्टिक मूड

6.33K
shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मंगलबार राति लन्डन पबमा देखिए । लन्डन पब त्यही हो, जसलाई केही समयअघिमात्रै उनले खाली गराएका थिए ।

महानगरले भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्गको लण्डन पब पनि हटाएको थियो ।

लण्डन पब हटाउन मेयर बालेन आफै ८ भदौमा आफैं डोजर लिएर पुगेका थिए । डोजरले केही भाग भत्काएर तुरुन्तै हटाउन निर्देशन दिएपछि यो पब नै केही समय बन्द हुन पुग्यो । त्यही पबमा मेयर बालेन मंगलबार राति श्रीमती सबिनासँग रोमान्टिक मूडमा देखिएका छन् । श्रीमतीको हात समाएर निकै रोमान्टिक अन्दाजमा देखिएका बालेनको तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

लण्डन पबको सामाजिक सञ्जालमा बुधबार बालेन नाचेको भिडियो र फोटो पोष्ट भएपछि पबसँग बालेनको कुनै समझदारी भएको त होइन भन्ने प्रश्न समेत उठिरहेका छन् । तर वास्तविकता अलि फरक छ ।

बालेनका प्रमुख स्वकीय सचिव भुपदेव साहका अनुसार महानगरले डोजर लगाएपछि लण्डन पब त्यहाँबाट सरेको छ । हाल लण्डन पब किंग्स लाउञ्जको छेउमा सञ्चालनमा आएको छ । नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेका हुन् ।

‘यो काठमाडौं महानगरपालिकाले कानुन अनुसार चलेको व्यवसायीहरुलाई सम्मान गर्छ भन्ने उदाहरण पनि हो ।’ उनले भनेका छन् ।