इथियोपियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
वि.सं.२०८३ असोज २४ शनिवार १०:४९
shares

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार टिग्रे, अफार र अम्हारा क्षेत्रमा पुनः लडाइँ सुरु भएपछि गुटेरेसले चिन्ता व्यक्त गर्नुभएको हो। उहाँले तत्काल युद्धविराम गर्न र प्रिटोरिया सम्झौताअनुसार वार्तामा फर्कन सम्बन्धित पक्षलाई आग्रह गर्ेका छन्।
द्वन्द्व थप चर्किएमा क्षेत्रीय शान्ति र स्थिरतामा असर पर्न सक्ने भन्दै उनले सबै पक्षलाई संयम अपनाउन अनुरोध गर्ेका छन्। साथै, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र कुनै पनि देशको भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्न सबै राष्ट्रलाई आग्रह गरेका छन्।
गुटेरेसले द्वन्द्वरत पक्षमाथि प्रभाव राख्ने राष्ट्रहरूलाई तनाव कम गर्न सहयोग गर्न र द्वन्द्व बढाउने गतिविधिबाट टाढा रहन पनि आह्वान गरेका छन्। समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघ मध्यस्थता गर्न तयार रहेको उनले बताएको छन्।
























