गृहपृष्ठ गलत तथा तथ्यहीन सूचना सम्प्रेषण नगर्न नेपाल प्रहरीको आग्रह
गलत तथा तथ्यहीन सूचना सम्प्रेषण नगर्न नेपाल प्रहरीको आग्रह
काठमाडौं । नेपाल प्रहरीले हालको विषम परिस्थितिमा विपद्बाट भएको क्षतिका सम्बन्धमा गलत तथा तथ्यहीन सूचना सम्प्रेषण नगर्न आम सर्वसाधारण नागरिकमा आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले आज सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा विपद्बाट भएको क्षतिसम्बन्धी गलत तथा तथ्यहीन सामग्री सम्प्रेषण तथा शेयर नगर्न अनुरोध गरेको हो ।
प्रहरीले पुष्टि भएका सूचना मात्र शेयर गर्न, एआईबाट निर्मित सामग्रीलाई वास्तविक घटनाको भन्दै शेयर नगर्न तथा कुनै सामग्री शेयर गर्नुअघि त्यसको स्रोत र सत्यता अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ ।
त्यस्तै, उद्धारको आवश्यकता परेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल वा सम्बन्धित आधिकारिक निकायलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीका अनुसार विपद्को यस्तो संवेदनशील अवस्थामा गलत सूचनाले सर्वसाधारणमा भ्रम सिर्जना गर्नुका साथै वास्तविक उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्छ ।
प्रकाशित समय : १७:५१ बजे


















