गृहपृष्ठ सर्लाहीको भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर
सर्लाहीको भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौँ तुलाकान्त चौधरीलाई घुस लिएर भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपत्रपत्र दायर गरेको छ ।
आयोगको टोलीले केही समय अघि कार्यालय प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीको मिलेमतोमा बोरिङ र मोटर जडानकार्य सम्पन्न भएपछि अवैध रूपमा सात लाख ५० हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानले दुवै जनाले सात लाख ५० हजार घुस लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो सात लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजायको माग माग दावी गरेको बताए ।
प्रकाशित समय : १८:०६ बजे


















