गृहपृष्ठ त्रिशूलीको बाढीले फुर्केखोला पुल बगायो
त्रिशूलीको बाढीले फुर्केखोला पुल बगायो
त्रिशुलीमा बढेको बहाव
दमौली (तनहुँ), १० भदौ ः रसुवाको भोटेकोशीमा आएको बाढीका कारण तनहुँ र चितवन सीमाना भएर बग्ने त्रिशुली नदीमा बुधबार दिउँसो बढेको बहाव ।
तस्बिर ः कृष्ण न्यौपाने, रासस
धादिङ । त्रिशूली नदीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोला पुल बगाएको छ । पुल बगाएसँगै धादिङका आठ स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य सडक सम्पर्क अवरुद्ध भएको छ ।
फुर्केखोला पुल हुँदै धादिङको सद्धलेक, ज्वालामुखी, त्रिपुरासुन्दरी, नेत्रावती, गङ्गा जमुना, खनिया बास, रुवीभ्याली गाउँपालिका र नीलकण्ठ नगरपालिका जाने सडक हाल अवरुद्ध भएको छ ।
भोटेकोशी नदीमा आएको बाढिले त्रिशूली नदीमा पानीको बहाव बढ्दा फुर्के खोलास्थित पुल बगाएको हो । उक्त पुल धादिङ बेशी तथा जिल्लाको उत्तरी क्षेत्रलाई मलेखु हुँदै पृथ्वी राजमार्गसँग जोड्ने महत्त्वपूर्ण सडक संरचना हो ।
पुल बगाएपछि धादिङ बेशीबाट मलेखुतर्फ तथा जिल्लाका विभिन्न स्थानीय तहबाट पृथ्वी राजमार्गतर्फ हुने सवारी आवागमन प्रभावित भएको छ । सडक सम्पर्क अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवतजावतमा समस्या उत्पन्न भएको छ ।
त्रिशूली नदीमा आएको बाढीले जरेखेत, घाटबेशीलगायतको अन्य स्थानको पुल बगाएको छ ।
प्रकाशित समय : १८:०३ बजे


















