गृहपृष्ठ अस्ट्रेलियन क्यापिटल टेरिटोरीद्वारा नेपाल ‘ए’सामु १४१ रनको लक्ष्य
अस्ट्रेलियन क्यापिटल टेरिटोरीद्वारा नेपाल ‘ए’सामु १४१ रनको लक्ष्य
काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) ले नेपाल ‘ए’सामु जितका लागि १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अष्ट्रेलियाको म्यारारा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसीटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको योगफल बनायो । एसिटीका लागि डिलन हन्टरले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका र एक छक्का हाने । त्यस्तै एन्स तिवारी र निक ब्रोएसले समान १९/१९ रन बनाए भने ज्याक स्मिथले १४ रन जोडे ।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले ३, युवराज खत्रीले २ तथा पवन सर्राफ, शाहाब आलम र बिपिन खत्रीले समान एक एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रकाशित समय : १७:५९ बजे


















