काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दशैका लागि राष्ट्र बैंकले ५० अर्बका नोट बजारमा पठायो

9.62K
shares

दशैको लागि राष्ट्र बैंकले ५० अर्बको नोट बजारमा पठाएको छ । पछिल्लो समय दशै विभिन्न तरिकाले मनाउने गरेको छ । नौरथा लागेदेखि नै मानिसहरू नयाँ नोटको जोहो गर्ने गर्छन् ।

शक्तिपिठहरूमा चढाइने भेटी र दशैमा प्रदान गरिने दक्षिणामा नयाँ नोटले शोभा दिने भएकाले मानिसहरू बैंकहरूमा लामो लाइन लागेर भएपनि नयाँ नोट साट्ने गर्छन् । नयाँ नोटको महत्वकै कारण केन्द्रीय बैंकले पनि यो समयमा नयाँ नोट र सिक्काहरू बजारमा पठाउने गर्छ । यो पटकको दशैंमा पनि राष्ट्रबैंकले नयाँ र पुराना गरी ५० अर्बका नयाँ नोट बजारमा पठाएको छ।

राष्ट्रबैंकका अनुसार पाँचदेखि सयसम्मको १५ अर्बका नयाँ नोट र सयदेखि हजारसम्मका ३५ अर्बका पुराना नोट बजारमा पठाएको छ । नयाँ नोटको महत्वकै कारण केन्द्रीय बैंकले पनि यो समयमा नयाँ नोट र सिक्काहरू बजारमा पठाउने गर्छ । यो पटकको दशैंमा पनि राष्ट्रबैंकले नयाँ र पुराना गरी ५० अर्बका नयाँ नोट बजारमा पठाएको छ।