गृहपृष्ठ दशैका लागि राष्ट्र बैंकले ५० अर्बका नोट बजारमा पठायो
दशैका लागि राष्ट्र बैंकले ५० अर्बका नोट बजारमा पठायो
दशैको लागि राष्ट्र बैंकले ५० अर्बको नोट बजारमा पठाएको छ । पछिल्लो समय दशै विभिन्न तरिकाले मनाउने गरेको छ । नौरथा लागेदेखि नै मानिसहरू नयाँ नोटको जोहो गर्ने गर्छन् ।
शक्तिपिठहरूमा चढाइने भेटी र दशैमा प्रदान गरिने दक्षिणामा नयाँ नोटले शोभा दिने भएकाले मानिसहरू बैंकहरूमा लामो लाइन लागेर भएपनि नयाँ नोट साट्ने गर्छन् । नयाँ नोटको महत्वकै कारण केन्द्रीय बैंकले पनि यो समयमा नयाँ नोट र सिक्काहरू बजारमा पठाउने गर्छ । यो पटकको दशैंमा पनि राष्ट्रबैंकले नयाँ र पुराना गरी ५० अर्बका नयाँ नोट बजारमा पठाएको छ।
राष्ट्रबैंकका अनुसार पाँचदेखि सयसम्मको १५ अर्बका नयाँ नोट र सयदेखि हजारसम्मका ३५ अर्बका पुराना नोट बजारमा पठाएको छ । नयाँ नोटको महत्वकै कारण केन्द्रीय बैंकले पनि यो समयमा नयाँ नोट र सिक्काहरू बजारमा पठाउने गर्छ । यो पटकको दशैंमा पनि राष्ट्रबैंकले नयाँ र पुराना गरी ५० अर्बका नयाँ नोट बजारमा पठाएको छ।
प्रकाशित समय : १९:३५ बजे



















