इरानबाट चीनका लागि उडेको विमानमा बमको आशंका
वि.सं.२०७९ असोज १७ सोमवार १६:३४
shares

एजेन्सी । इरानबाट चीनका लागि उडेको तहरान एयरलाइन्सको विमानमा बम भएको आशंका गरिएको छ । आइआरएम ०८१ विमानमा बम भएको खबर आएपछि चीनतर्फ जानुपर्ने विमान भारतको दिल्ली तिर मोडिएको थियो ।
विमानका चालकदलले आकस्मिक अवतरणका लागि भारतको दिल्लीस्थित एटिसीसँग अनुमति मागेको छन् । फ्लाइटकोतर्फबाट दिल्ली एटिसीलाई विमानको आकस्मिक अवतरणको अनुमति मागेको थियो । तर, दिल्ली एटिसीले अवतरणको अनुमति नदिई जयपुरतर्फ जाने सुझाब दिएपछि विमान जयपुरतर्फ मोडिएको थियो ।
तर, त्यहाँ पनि अवतरण नभएपछि विमान चीनतर्फ नै मोडिएको बताइएको छ । आतंककारी गतिविधिको आशंकामा दिल्लीमा अवतरणको अनुमति नदिइएको अनुमान गरिएको छ ।

























