काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आईएमई लुटपाटमा संलग्न एक जना ६ लाखसहित पक्राउ

10.63K
shares

आइएमई लुटपाटमा संलग्न हतियारधारी समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहान ११ बजेतिर भानुजन माध्यमिक विद्यालय छेउमा निर्माणाधीन बसपार्कबाट ओरालो लागेका उनलाई प्रहरीले त्यही क्षेत्रबाट पक्राउ गरेको हो।

फुङलिङ नगरपालिका निवासी भए पनि उनको विवरण प्रहरीले खुलाएको छैन। सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुतिएको थियो ।

नगद ६ लाख र झोलामा रहेको गरगहनासहित एक जनालाई पक्राउ गरिएको ताप्लेजुङ प्रहरीले जनाएको छ । लुटपाटमा चार जनाको संलग्नता रहेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ।

बाँकी तीन जनाले पैसा र गरगहना बोकेर भागेकाले उनीहरुको खोजी जारी राखेको प्रहरीले जनाएको छ । तीन जनामध्ये एक जनासँग हतियार रहेको सिसी टिभी फुटेजमा पाइएको छ।

नगद र गहना चार जनाले नै बाँडेर बोकेको पाइएको छ। सुन र नगद कति लुटपाट गरे भन्ने यकिन हुन बाँकी छ।