काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डडेल्धुरामा बससँग ट्रक ठोक्कियो

9.37K
shares

कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक एक-आपसमा ठोक्किदा करिब १६ जना घाइते भएका छन् ।

डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक एक-आपसमा ठोक्किएका हुन् । ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार बिहान सुदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बर ट्रक ठोक्किएपछि दुर्घटना भएको हो ।

उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको छ । उनीहरुको पहिचान भने खुलेको छैन् ।

बसमा २४ जना सवार भएकाे ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ ।