global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ दसैंको बन्दअघि नेप्से १६ अंकले बढ्यो

दसैंको बन्दअघि नेप्से १६ अंकले बढ्यो

दसैंको बन्दअघि नेप्से १६ अंकले बढ्यो

सेयर बजार लगातार तेस्रो दिन बिहीबार पनि बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अंकले बढेर १८५३।७६ विन्दुमा पुगेको छ । जीवन बीमाबाहेक सबै समूहको सेयर बढेकोमा माइक्रोफाइनान्स र उत्पादन समूहको सेयर भने उच्च अंकले वृद्धि भएको छ । कारोबार रकम पनि बुधबारको तुलनामा सामान्य बढेको छ ।

बुधबार ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २३ वटा कम्पनीका १७ लाख ९१ हजार कित्ता सेयर ६३ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल इन्स्युरेन्स कर्पोरेसनको प्रमोटर सेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भयो ।

आज अभियान लघुवित्तको सेयर १० प्रतिशत तथा गुराँस लघुवित्त, समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त र एनआईबीएल ब्यालेन्स फन्डको सेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । साम्लिङ पावर कम्पनीको सेयर भने झन्डै आठ प्रतिशतले घटेको छ ।

प्रकाशित समय : १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु