आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका
वि.सं.२०७९ असोज ७ शुक्रवार १६:२५
shares

आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेव्लप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार क्युआर स्क्यानमा १,००,००० सम्म जित्न सकिनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरका पनि व्यवस्था मिलाइएको छ । नेपालको महान चाडपर्वको अवसर पारी फोनपेले दसैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जसमार्फत प्रयोगकर्ताले हरेक दिन आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १,००,००० जित्ने मौका पाउनेछन् ।
यसको साथै यहि असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताले आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिक्तममा १००) पनि प्राप्त गर्न सक्नेछन् ।
समझदारीले प्रयोगकर्तालाई चाडपर्वको किनमेल गर्न सहजता पर्याउनुका साथै नयाँ प्रयोगकतालाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन् ।

























