काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनएमबी बैंकले स्वदेशी सीप र उत्पादनको प्रवर्द्धन गर्न एनएमबी बजार आयोजना गर्ने

7.16K
shares

एनएमबी बैंकले नेपाली बैंकिङ जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी प्लाष्टिकरहित बजारको आयोजना गर्न लागेको छ । एनएमबी बैंकले नेपालीको महान चाँड दसैँ र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको हो ।

जसमा ६० भन्दाबढी स्टल राख्ने जानकारी गराएको छ । एनएमबी बैंकले आफ्ना ग्राहकलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकको उत्पादनलाई बजारमा प्रवर्द्धन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्री एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको हो ।

बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोलालगायत दैनिक जीवनमा आवश्यक सामान क्युआररपोसमार्फत सहूलियत मूल्यमा खरिद गर्न सकिने छ । बैंकले यही असोज ८ गत शनिबाारको दिन सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म आयोजना गर्ने उक्त बजारमा सम्पूर्णलाई आमन्त्रणसमेत गरेको छ ।