काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेमा ३८ अंकको गिरावट, सबै उपसूचक घट्यो

9.95K
shares

मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । आज सेयर बजार मापक नेप्से ३८.८१ अंकले घटेकाे हाे ।

नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २२ करोड ९६ लाख रूपैयाँकाे कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक ३.८३ अंकले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.३७ प्रतिशतले, इन्भेस्टमेन्ट समूहको उपसूचक ३.१९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.६४ प्रतिशतले घटेको छ ।

यस्तै, माइक्रो फाइनान्स समूहको उपसूचक २.४७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०६ प्रतिशतले घटेको छ । समग्रमा २.०७ प्रतिशतले घटेको बजारमा आज कुल १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर कारोबार भएको छ ।

आज कालिका पावरको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, बरुण हाइड्रोपावरको ८‍.१८, समृद्धि फाइनान्सको ७.९३ र अप्पर सोलु हाइड्रोपावरको ६.५५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

स्वावलम्बन लघुवित्तको सेयर सबैभन्दा धेरै बढेको छ । लघुवित्तको सेयर हिजोको तुलनामा ३.४४ प्रतिशतले बढेको हाे ।