गृहपृष्ठ सेगवे नेपालले सार्वजनिक गर्यो दसैं-तिहारलक्षित अफर
सेगवे नेपालले सार्वजनिक गर्यो दसैं-तिहारलक्षित अफर
नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आइहबले आगामी दसैं-तिहार र छठ पर्वको अवसरमा ग्राहकहरूलाई आकर्षक छुट र पुरस्कारहरू उपलब्ध गराएको छ ।
‘यो दसैं-तिहार सेगवेको साथ उपहार ७’ नामक यो अफर नेपालका सबै सेगवे ई-स्कुटरका लागि लागु हुने कम्पनीले बताएको छ । यस अफरमा ग्राहकहरूले कुनै पनि सेगवेको अमाजफिट ब्राण्ड ५ वा अमाजफिट नेओ ब्राण्डको खरिदमा १० हजार नगद छुट पाउनेछन् ।
यसका साथै, निःशुल्क बिमा र सडक कर पनि समावेश रहेको बताइएको छ । यसका साथै, ग्राहकहरूले ‘लक्की ड्र’मार्फत विभिन्न पुरस्कार जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् ।
लक्की ड्र मार्फत २ जनाले कक स्कुटर (एफ ४००), २ जनाले स्मार्ट फोन र ५ जनाले अमाजफिट जीटीएस २ स्मार्ट घडी जित्नेछन् । साथै, एक्सचेन्ज सुविधा, निःशुल्क एममसी र इएमआईको सुविधा पनि रहेको बताइएको छ ।
यसको शोरुम काठमाडौंस्थित राइजिङ मलमा रहेको छ ।
प्रकाशित समय : १७:४५ बजे


















