गृहपृष्ठ ‘टुकुचा छोपेर बनाइएका संरचना तत्काल नभत्काउनू’

‘टुकुचा छोपेर बनाइएका संरचना तत्काल नभत्काउनू’

‘टुकुचा छोपेर बनाइएका संरचना तत्काल नभत्काउनू’

काठमाडौं महानगरले टुकुचा खोला छोपेर बनाइएका भवन भत्काइरहेका बेला उच्च अदालत पाटनले भने ती संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

महानगरले टुकुचा खोज्ने क्रममा जय नेपाल हलको आँगन खोतल्दा टुकुचा भेटिएको थियो । आइतबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उच्च अदालतले अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असोज ५ गतेका लागि बोलाएको छ । प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापा लगायतले शुक्रबार रिट दायर गरेका थिए ।

प्रकाशित समय : १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु