गृहपृष्ठ टेलिकमको संविधान दिवस अफर : के-के छन् सुविधा ?
टेलिकमको संविधान दिवस अफर : के-के छन् सुविधा ?
असोज ३ गते मनाइने संविधान दिवस २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ ।
कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइस सहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ ।
अफरअन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रूपैयाँमा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रूपैयाँमा उपलब्ध हुनेछ ।
यसका साथै यस अफरअन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २९४ रूपैयाँमा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट स्टार१४१५स्टार११ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने जनाइएकाे छ ।
यस अफरबाट ग्राहकहरु लाभान्वित हुने कम्पनीले अपेक्षा गरेकाे छ ।
प्रकाशित समय : १६:५९ बजे
















