गृहपृष्ठ आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै
आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै

आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले असोज ५ गतेदेखि ५१ हजार ९ सय ९० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३ सय ९५ रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३ सय ९५ रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ । यसमा ईच्छुक व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
न्यूनतम ६ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्ने छ ।
प्रकाशित समय : १०:५१ बजे