global ime bank Long Banner Ad

गृहपृष्ठ लमजुङमा दूध र मासुको माग उच्च

लमजुङमा दूध र मासुको माग उच्च

लमजुङमा दूध र मासुको माग उच्च

लमजुङमा मासु र दूधको माग उच्च रहे पनि उत्पादन न्यून रहेको छ । माग उच्च रहेकाले दूध र मासुको माग लमजुङको उत्पादनले मात्रै लमजुङ र मनाङमा पुर्‍याउन सकिएको छैन ।

जिल्लामा अपुग पशुजन्य उत्पादन मासु र दूध अन्यत्रबाट आयात हुने गरेको पशु विज्ञ केन्द्रका प्रमुख डा.रुपेश श्रेष्ठले बताए । जिल्लामा व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढाउन किसान लक्षित विभिन्न कार्यक्रम यस वर्ष पनि सञ्चालन गरिने उनको भनाइ छ।

आर्थिक वर्ष २०७९/८० मा विज्ञ केन्द्रको बजेट पाँच करोड ८८ लाख ७४ हजार रुपैयाँ रहेको डा.श्रेष्ठले बताए । गण्डकी प्रदेशअन्तर्गत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यस वर्ष पनि पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन हुँदैछ । उनका अनुसार साना व्यावसायिक फर्म स्थापना तथा विस्तार कार्यक्रम सञ्चालन हुनेछ, यसका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

जिल्लामा यस वर्ष व्यावसायिक पशु फर्ममा मल संरक्षण सहयोग, पशुपक्षी स्रोत केन्द्र स्थापना, फर्म यान्त्रिकीकरण, आधुनिक पशु वधस्थललाई औजार उपकरण सहयोग, आकस्मिक उपचार तथा रोग नियन्त्रण, सर्भिलेन्स कार्यक्रम, नियमित उपचार सेवा, नियमित प्रयोगशाला सेवा कार्यक्रम सञ्चालन हुनेछन् ।

यस्तै माछा भुरा खरिद, ढुवानी, भैँसी विकास कार्यक्रम फ्लोअप, समुदायस्तरमा भेडा प्रवर्द्धन कार्यक्रम, तरल नाइट्रोजन व्यनस्थापन, मत्स्य पोखरी निर्माण अनुदान, चरनक्षेत्र सुधार कार्यक्रम पनि सञ्चालन हुनेछन् ।

यसैगरी चालु आर्थिक वर्षमा लमजुङमा स्थानीय जातका कुखुरा संरक्षण, स्टाइलो घाँस बिउ उत्पादन कार्यक्रम कृषि ऋणमा ब्याज अनुदानलगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित समय : १०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु