गृहपृष्ठ नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा बिहीबार हुँदै
नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा बिहीबार हुँदै
नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा भदौ ३० गते (आज) बस्ने भएको छ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।
यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित गरेर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । प्रस्तावित बोनस सेयर सरकार र बिमा समितिबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।
त्यस्तै, सभा प्रयोजनार्थ कम्पनीले भदौ १९ गते बुक क्लोज गरिसकेको छ । त्यसैले भदौ १८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
प्रकाशित समय : १०:४० बजे