global ime bank Long Banner Ad

गृहपृष्ठ रसुवागढी नाका आजदेखि सञ्चालनमा आउने, तातोपानी नाका अन्योलमै

रसुवागढी नाका आजदेखि सञ्चालनमा आउने, तातोपानी नाका अन्योलमै

रसुवागढी नाका आजदेखि सञ्चालनमा आउने, तातोपानी नाका अन्योलमै

कोरोना भाइरस (कोभिड–१९)का कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराए लगत्तै रसुवागढी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिने जानकारी चीनले गराएको छ । चीनको तिब्बततर्फ कोरोना संक्रमण बढेको भन्दै २५ साउनदेखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो ।

यता, तातोपानी नाका खुल्नेबारे भने अझै अन्योल कायमै रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गत २५ साउनदेखि केही कन्टेनर सामान आए पनि त्यसपछि थप निरन्तरता नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

‘अहिले नाका बन्द कै अवस्थामा छ, काठमाडौंमा नाका खुल्नेबारे चिनियाँ नेतृत्वले बताएको विषय जानकारीमा भए पनि थप सूचना पाएका छैनौं’ प्रमुख जिल्ला अधिकारी खनालले भने ।

पछिल्लो पटक तातोपानी नाका साउन २१ गते देखि चिनियाँ पक्षले बन्द गराएको थियो ।

प्रकाशित समय : ०८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु