गृहपृष्ठ महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनलबीच शिक्षा क्षेत्रमा सहकार्य
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनलबीच शिक्षा क्षेत्रमा सहकार्य
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरता क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।
आश्विन ९ गते (२५ सेप्टेम्बर २०२६) भएको सम्झौतामा बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२–आधारभूत शिक्षा तथा साक्षरता समितिका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोटरी क्लबमार्फत सामुदायिक तथा सार्वजनिक विद्यालयमा सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकाससम्बन्धी परियोजनामा वित्तीय सहयोग गर्नेछ।
सहकार्यअन्तर्गत विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी परियोजना सञ्चालन, कम्प्युटर ल्याब स्थापना तथा आधारभूत शिक्षा र विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित कार्यक्रम सञ्चालन गरिने छ।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैंकका अनुसार नयाँ सहकार्यबाट विशेषगरी सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता र डिजिटल पहुँच सुधारमा योगदान पुग्नेछ।
यसै क्रममा बैंकले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोगसमेत गरेको छ।
प्रकाशित समय : १९:५२ बजे


















