global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एकै महिनामा बैंकहरुको नाफा १० अर्ब, पूँजी करिब ७ खर्ब

एकै महिनामा बैंकहरुको नाफा १० अर्ब, पूँजी करिब ७ खर्ब

एकै महिनामा बैंकहरुको नाफा १० अर्ब, पूँजी करिब ७ खर्ब

एक महिनामै बैंकहरुले करिब १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा बैंकहरुले ७ अर्ब १२ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । बैंकहरुको खुद ब्याज आम्दानीमा भएको वृद्धिसँगै नाफा पनि बढेको हो ।

चालु आवको एक महिनामा बैंक तथा वित्तीय संस्थाको खुद ब्याज आम्दानी २१ अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुले साउन महिनामा कुल ५४ अर्ब ८९ करोड १९ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा ब्याज भुक्तानीको लागि ३६ अर्ब ९३ लाख रुपैयाँ ब्याज खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा छ ।

२०७८ साउनमा बैंक तथा वित्तीय संस्थाले ३६ अर्ब ८ करोड ९३ लाख रुपैयाँ ब्याज आम्दानी गरे र ब्याज खर्च वापत २० अर्ब ८९ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्दा खुद ब्याज आम्दानी १५ अर्ब १९ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, साउन २०७९ मा बैंकहरुको कुल पूँजी कोष करिब ७ खर्ब पुगेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार साउनमा बैंक तथा वित्तीय संस्थाको कुल पूँजी कोष ६ खर्ब ९८ अर्ब ९२ करोड ९२ लाख रहेको छ ।

जसमध्ये चुक्ता पूँजी ४ खर्ब ७ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकहरुले ५० खर्ब ३५ अर्ब ९६ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४७ खर्ब १८ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ कर्जा परिचालन गरेका छन् ।

जसमा वाणिज्य बैंकहरुको मात्रै पूँजी कोष ६ खर्ब २४ अर्ब ९३ करोड ९ लाख पुगेको छ । जसमध्ये ३ खर्ब ५६ अर्ब ९ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

साउनमा महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । गत असार अन्तिममा नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरेको नबिल बैंकले साउन महिनामै ८१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएका छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकले ७५ करोड २१ लाख रुपैयाँ मुनाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले ६७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। यस्तै एनआईसी एशिया बैंकले ४७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

२६ वाणिज्य बैंकहरुमध्ये सो अवधिमा ३ वटाले ५० करोड भन्दा बढी नाफा कमाउँदा सिभिल, सेञ्चुरी र बैंक अफ काठमाण्डूले खुद नाफा २० करोड रुपैयाँभन्दा कम रहेको छ ।

यसअवधिमा सबैभन्दा कम नाफा कमाउनेमा भने बैंक अफ काठमाण्डू रहेको छ । बैंकले १६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित समय : ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु