global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल टी–२० लिग अब डिसेम्बरमा

नेपाल टी–२० लिग अब डिसेम्बरमा

नेपाल टी–२० लिग अब डिसेम्बरमा

असोज ८ देखि हुने भनिएको नेपाल टी–२० लिग हाललाई स्थगित गरिएको छ । सुरक्षाको कारण देखाउँदै प्रतियोगिता सारिएको नेपाल टी–२० लिगको गभर्निङ काउन्सिल प्रमुख प्रशान्तविक्रम मल्लले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

दुई सातापछि आयोजना गर्ने भनेर शनिबार र आइतबार गरी ड्राफ्टबाट ६७ नेपाली र ३३ विदेशी खेलाडी लिइएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले यसका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट स्वीकृति पनि लिइसकेको थियो ।

तर बुधबार गृह मन्त्रालयका शाखा अधिकृत विष्णुहरि तिमल्सेनाद्वारा हस्ताक्षरित पत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका विभिन्न कार्यक्रमहरू भएको हुँदा उक्त निर्वाचनपछि मात्र नेपाल टी–२० लिग आयोजना गर्न जानकारी गराएपछि क्यान प्रतियोगिता सार्न बाध्य भएको हो । क्यानले प्रतियोगिता आयोजनास्थल त्रिवि क्रिकेट मैदान कीर्तिपुर र खेलाडी तथा अफिसियल बस्ने होटलहरूमा सुरक्षा माग गरेपछि गृह मन्त्रालयले उक्त पत्र काटेको थियो ।

क्यानले डिसेम्बर ११ देखि ३१ सम्म नेपाल टी–२० का लागि नयाँ मिति अगाडि सारेको छ । क्यानले झन्डै ३ महिनापछि प्रतियोगिता आयोजनाको नयाँ मिति तोकेको हो ।

प्रकाशित समय : ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु