काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ र वेबसाइटबाटै रेमिट्यान्स प्राप्त गर्न सकिने

10.58K
shares

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ र वेबसाइटबाटै रेमिट्यान्स प्राप्त गर्न सकिने भएको छ । बैंकले अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।

प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधाअन्तर्गत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर ‘रिक्वएस्ट रेमिट’मार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिन्छ । जसअन्तर्गत नेपालमा रहेका व्यक्तिले आफूलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन् । उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सहज रूपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् ।

यो सुविधा विदेशमा रहेका नागरिकहरूले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरी पनि पठाउन सक्नेछन् । यो सुविधाको प्रयोग रेमिटान्स पठाउने र पाउने दुवैले उपयोग गर्न सक्नेछन् । हाललाई अमेरिका तथा युरोपमा रहेका नागरिकहरुले मात्र यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

बैंकले मोबाइल बैंकिङ एपलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरुलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एपमार्फत नवीनतम सुविधाहरु थप्दै ल्याइरहेको बताएको छ ।