global ime bank Long Banner Ad

गृहपृष्ठ निश्चल बस्नेतको आक्रोश : एम्बुलेन्सभित्र छट्पट्याएको ज्यानभन्दा ठुलो भीआइपीको सवारी हुँदैन

निश्चल बस्नेतको आक्रोश : एम्बुलेन्सभित्र छट्पट्याएको ज्यानभन्दा ठुलो भीआइपीको सवारी हुँदैन

निश्चल बस्नेतको आक्रोश : एम्बुलेन्सभित्र छट्पट्याएको ज्यानभन्दा ठुलो भीआइपीको सवारी हुँदैन

नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीका कारण राजधानीको यातायात अस्तव्यस्त बनेपछि आक्रोश बढ्न थालेको छ ।

विदेशी भीआइपीको सवारीका नाममा एम्बुलेन्सलाई समेत गुड्न नदिएपछि सर्वसाधारणदेखि सेलिब्रेटीसमेतले आक्रोश पोखेका हुन् ।

यसरी आक्रोश पोख्नेमध्ये एकजना हुन् निर्देशक निश्चल बस्ने । उनी आफैँ पनि जाममा फसेपछि फोटोसमेत सामाजिक सञ्जालमा राखेर आक्रोश व्यक्त गरेका छन् ।

उनले एम्बुलेन्समा छट्पटाइरहेका बिरामीको ज्यानभन्दा भीआइपीको सवारी नहुने पनि तर्क गरेका छन् ।

‘कसैले ती भीआइपीलाई सुनाईदिनु.. तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रो भीआइपीहरूले एम्बुलेन्सभित्र छटपटारहेको ज्यानसमेत दाउमा राखेका छन्,’ उनले भनेका छन्, ‘जतिनै ठुलो मान्छे आएपनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्यानभन्दा ठुलो सवारी कुनै भीआइपीको हुनु हुँदैन ।’

चिनियाँ तेस्रो वरीयताका नेता चान्सु काठमाडौँमा आएदेखि यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । खासगरी नयाँबानेश्वरस्थित संसद् भवनदेखि उनलाई राखिएको होटल सोल्टीसम्मको सडक खाली गराइँदा उपत्यकाभरकै ट्राफिक अस्तव्यस्त भएको हो ।

अध्यक्ष चान्सुको नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अध्यक्ष चान्सु भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित समय : १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु