गृहपृष्ठ सेयर बजारमा हरियाली, सातापछि बढ्यो नेप्से
सेयर बजारमा हरियाली, सातापछि बढ्यो नेप्से
लामो समयपछि आज सेयर बजारमा हरियाली छाएको छ । लगातार घटेको नेप्से परिसूचक आज २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा कायम भएको छ ।
नेप्से दोहोरो अंकले बढ्दा आज ९२ करोड २५ लाख ७४ हजार रूपैयाँको कारोबार भएको छ । आज २३१ कम्पनीका ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर २० हजार ५२० पटक किनबेच भएका छन् ।
यसअघि गत १९ गते ६.६८ अंकले बढ्दै १९७७.३० नेप्से अंकमा उक्लिएको थियाे । त्यसयता भने हरेक दिन सेयर बजार सूचक घट्ने क्रम राेकिएकाे थिएन । हिजाे सेयर बजारमा १३.५८ अंकले घटेर नेप्से १९१२.६९ को विन्दुमा कायम हुन पुगेको थियाे । त्यसअघि आइतबार नेप्से ११.४६ अंकले घटेको थियाे ।
सेयर बजार निरन्तर घट्ने क्रममा यसअघि भदाै २३ मा २.१३, भदाै २२ मा १.७०, भदाै २१ मा २१.२२ र भदाै २० मा ४.२९ अंकले नेप्सेमा गिरावट आएकाे थियाे ।
आज १३ वटै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.१३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूहको उपसूचक सरदर एक प्रतिशतले बढेका छन् ।

आज सर्वाधिक नबिल बैंकको ५ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको ५ करोड ६३ लाख, हिमायलन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ८४ लाख, अरुण काबेली पावरको ३ करोड ७३ लाख र अपि पावर कम्पनीको २ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित समय : १५:२७ बजे



















