global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालमा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप दुई सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

संकलित नमूनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएको थियो । त्यसमध्ये ८७ जनामा पिसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएको थियो ।

नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या नौ लाख ८४ हजार सात सय १० पुगेको छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित समय : १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु