गृहपृष्ठ माल्दिभ्सलाई ९-० ले हराउँदै भारत सेमिफाइनलमा
माल्दिभ्सलाई ९-० ले हराउँदै भारत सेमिफाइनलमा
लगातार दोस्रो जित दर्ता गर्दै भारतले महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘ए’को खेलमा भारतले माल्दिभ्सलाई ९-० को भारी अन्तरले हरायो । जितसँगै भारत अन्तिम चारमा प्रवेश गरेको हो ।
भारतको जितमा अन्जु तामाङ एक्लैले चार गोल गरिन् । डाङमेई ग्रेसले दुई, प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक/एक गोल गरे ।
शनिबार नै भएको पहिलो खेलमा पाकिस्तानलाई ६-० को फराकिलो अन्तरले पराजित गरेकाे छ । प्रतियोगितामा आयोजक नेपालसँगै भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता छ ।
प्रकाशित समय : २१:२१ बजे

















