गृहपृष्ठ गठबन्धनका नाममा कुनै पनि आत्मघाती कदम उठाउँदैनाैं : उपेन्द्र यादव
गठबन्धनका नाममा कुनै पनि आत्मघाती कदम उठाउँदैनाैं : उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा आत्मघाती सहमति नगर्ने बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले गठबन्धनका नाममा कुनै पनि आत्मघाती कदम नउठाउने बताएका हुन् ।
प्रतिगमनकारी कदमको अन्त्यका लागि गठबन्धन बनाइएको उनले स्पष्ट पारे । आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सन्तुष्ट हुन नसके सत्ता गठबन्धनबाट अलग हुन सक्ने उनको भनाइ छ । ‘संघीयता र गणतन्त्रलाई बचाउनका लागि गठबन्धन गरिएको हो । तर, प्रदेश र संघको निर्वाचनमा सन्तोषजनक सिट नपाएमा गठबन्धनबाट अलग्गिन सक्छौं,’ उनले भने ।
जसपा गठबन्धनको पक्षमै रहेको उनले उल्लेख गरे । तर, सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिए । मधेसको शक्तिलाई कमजोर आँकलन नगर्न अरू दललाई उनकाे चेतावनी छ ।
प्रकाशित समय : २१:३६ बजे

















