global ime bank Long Banner Ad

गृहपृष्ठ आइपीएलः वैभव सूर्यवंशीले १५ वर्षको उमेरमा बनाए विश्व कीर्तिमान

आइपीएलः वैभव सूर्यवंशीले १५ वर्षको उमेरमा बनाए विश्व कीर्तिमान

आइपीएलः वैभव सूर्यवंशीले १५ वर्षको उमेरमा बनाए विश्व कीर्तिमान

नयाँ दिल्ली । आइतबार राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीचको आईपीएलको ६९ औं खेलमा वैभव सूर्यवंशीले इतिहास रचेका छन्।

वैभव सूर्यवंशीलाई विश्व कीर्तिमान बनाउन केवल दुई रन चाहिएको थियो, उनले विल ज्याक्सले बोल्ड गरेको बलमा दोस्रो रन लिए, जसले गर्दा उनी टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने पहिलो किशोर ब्याट्सम्यान बनेका छन । यसअघि यो रेकर्ड देवदत्त पडिकलको नाममा थियो।

बिहारका बायाँ हाते ब्याट्सम्यान वैभव सूर्यवंशीको प्रभावशाली आईपीएल रेकर्ड छ। आईपीएल २०२६ मा वैभव सूर्यवंशीले १४ खेलमा २३२.२७ को स्ट्राइक रेटमा ५८३ रन बनाए। उनले २०२६ को आईपीएल सिजनमा कुल ५३ छक्का प्रहार गरिसकेका छन । क्रिस गेलको नाममा एकै आईपीएल सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने रेकर्ड छ, जसमध्ये ५९ छक्का छन्। वैभव सूर्यवंशी गेल पछि दोस्रो सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्। सूर्यवंशीले सनराइजर्स हैदराबाद विरुद्ध ३७ बलमा १०३ रन बनाएर यस आईपीएल सिजनको सबैभन्दा छिटो शतकको रेकर्ड पनि बनाएका छन्।

प्रकाशित समय : १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु